अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई अर्घाखाँची जिल्ला सेक्रेटरी खेम घर्ती मगर र कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसीले संयुक्त रुपमा भेटघाट गरी अर्घाखाँची जिल्लाको समसायमिक विषयमा जानकारी गराएका छन् ।
भेटमा महासचिव विप्लवले प्राकृतिक सम्पदा चुरे दोेहन, चुनढुङ्गा, काठको अवैध रुपमा चोरी निकासी, स्थानीय तहमा विकास निर्माणमा भएको अनियमितताप्रति चाँसो प्रकट गर्दै सबै सचेत नागरिक गम्भीर हुनुपर्ने बताए । आफ्नो पार्टी जनताको जनजीविका, राष्ट्रियता, जनतन्त्रको सवालमा ढृण रहेकाले जिल्लाबासीका समस्याप्रति गम्भीर रहेको पनि महासचिव विप्लवले बताए ।
महासचिव विप्लवले प्राकृतिक समस्याप्रति स्थानीय सरकार र राज्यले गम्भीर कदम नचाले आफ्नो पार्टीले कठोर कदम चाल्न बाध्य हुने बताउँदै पछिल्लो समय जिल्लामा लोडसेडिङ्ग मुक्त घोषणा भयो भनेर भाषण बाजी वक्तव्य बाजी गर्दै हिँड्नेहरूले अझै पनि जनतालाई अध्याँरोमा राख्नु दुखद् भएकाले आफ्नो पार्टीको यसमा गम्भीर ध्यानाकर्षण भएको बताए ।
भेटमा विप्लवले देशमा कोरोेना र प्राकृतिक विपत्ति बाढी–पहिरोले जनतालाई प्रत्यक्ष रुपमा असर गरेता पनि वर्तमान सरकारले कुनै ठोस निकास निकाल्न नसक्दा जनताको जीवनस्तर कठिनाईपूर्ण भएको बताएका थिए ।
प्रतिक्रिया राख्नुहोस्