बुटवल । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’ सहित १४ जना नेता–कार्यकर्ता मङ्गलबार रिहा भएका छन् । बाजुराबाट १४ जना रिहा भएको वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल र कान्तिराम ढुंगासहितको बहसपछि सर्वोच्च अदालतले वलीसहित १४ जना नेता–कार्यकर्तालाई रिहा गर्न आदेश दिएको हो ।
न्याय विभाग प्रमुख तथा नेकपाका केन्द्रीय सदस्य वालीसहित १६ जना नेता–कार्यकर्ता २०७६ कात्तिक २२ गते साङ्गठनिक कामका लागि हिँडिरहेका बेला बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ बाट पक्राउ परेका थिए । पछि उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो । वरिष्ठ अधिवक्ता एकराज भण्डारी लगायतको बहसपछि १४ जना छुटेका छन् । भण्डारीले भने, ‘२ जनाको भएन, १४ जना छुट्नुभयो ।’
Tags :
सम्बन्धित खवर
संविधानको मूल मर्ममाथि हमला भएको छ : प्रचण्ड
५ वर्ष अगाडि
जनपत्रकार संगठन गुल्मीको प्रथम भेला
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्