बुटवल । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्य सहित महान जनयुद्ध सुरु गरेको नेकपा माओवादीको नेतृत्व प्रचण्ड सहित १५ बर्षमा ८४ जना मन्त्री भएका छन् । तर महान जनयुद्धको क्रममा सहादत प्राप्त महान सहिदहरुको सपना अझै पुरा भएका छैनन् । बेपत्ता योद्धा एवं घाइतेहरुको सपना घाइते अवस्थामा नै छन् ।
तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र बाबुराम, बादललगायत नेताहरुमा आएको वैचारिक विचलन र संसदीय व्यस्थामा आत्मसमर्पणपछि ती नेताहरु संसदीय सरकारमा गएपनि जनताको जीवनमा आधारभूत परिवर्तन आएको छैन । अहिले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि मन्त्री बन्नका लागी ६० भन्दा बढी नेताहरुको आकांक्षा रहेको प्रचण्डले बताएका छन् ।
संसदीय व्यवस्थामा जसरी पनि सत्तामा पुग्ने, राज्यको चरम दोहन गर्ने, भ्रष्टाचार र कमिसनमा डुब्ने र चुनावमा करोडौं पैसा खर्च गर्ने र लाखौं श्रमजीवी वर्गको श्रम पसिना लुटेर उनीको टाउको ऋण थुपार्ने बाहेक अरु हुन सक्दैन भन्ने कुरा प्रचण्डको अभिव्यक्ति र त्यो पार्टीभित्रको मन्त्रीको तीब्र आकांक्षा र अन्तरविरोधले पुष्टि गरेको छ ।
१५ वर्षमा माओवादीका ८४ मन्त्री, अहिले ६० आंकाक्षी/ https://nayapatrikadaily.com/news-details/67526/2021-07-25
प्रतिक्रिया राख्नुहोस्