अनिल नेपाली । अर्घाखाँची, १९ पुस । सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले नगरपालिकालाई भ्रष्टाचारभुक्त नगरपालिकाले बनाउने बताउनुभएको छ । नगरपालिकाद्धारा आयोेजना गरिएको प्रथम त्रैमासिक समीक्षा कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले यस्तो बताउनुभएको हो ।
नगरप्रमुख भुसालले सन्धिखर्क नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउनको लागि दीर्घकालिन योजनाका साथ अगाडि बढेको बताउदै आफुहरु निर्वाचित भएपछि नगरबासीको चाहना अनुसार विकासका कामहरु गरिरहेकोे बताउदै विकासका योजनालाई व्यबस्थित रुपमा सम्पन्न गर्नको लागि निरन्तर रुपमा अनुगमन गरेको समेत बताउनुभएको थियो ।
एक फरक प्रसंगमा कुरा गदै नगर प्रमुख भुसालले जनप्रनिनिधि भनेको समुद्र भएकोले समुद्रले जनताको भावनालाई कुल्चेर जान नमिल्ने बताउदै नगरपालिकालाई अब ग्रिन सिटी उज्यालो अभियान पर्यटन धार्मिक सांस्कृतिक रुपमा चिनाउने बताउनुभएको थियोे । कार्यक्रममा उपप्रमुख ठाकुरकुमार विकले आफुहरुले कुरामा भन्दा काममा लागि जनताको चाहनालाई पुरा गर्नको लागि निरन्तर रुपमा लागि परेको बताउदै संविधानले दिइएको समावेशी समतामुलक समाजको निर्माणलाई आत्मसाथ गदै अगाडि बढी जनताकोे भावनालाई नतिजामा केन्द्रीत गराउने बताउनुभएको थियोे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले मन्तव्य राख्दै जनतालाई स्थानीय सरकारको महसुस गराउनको लागि गुणस्तरिय कामलाई महत्व दिने बताउनुभएको थियो ।
कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षको तर्फबाट वडा नं. ११ का अध्यक्ष धुबराज आचार्य, कार्यपालिका सदस्यको तर्फबाट आशा परियार वडा नं. १ का सदस्य लक्ष्मण पराजुली, वडा नं. १० का सदस्य कृष्ण भुसाल, वडा नं. २ का अध्यक्ष मोतिजङ्ग रायमाझी, पत्रकार महासंघका सचिव सुर्य भुसाल लगायतका बक्ताले मन्तब्य राख्दै विकासका कामलाई अगाडि बढाउनुपर्ने बताएका थियो । कार्यक्रममा नगरपालिकामा रहेका विभिन्न शाखाका प्रमुखहरुले आफ्नो शाखाको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकोे सञ्चालन शाखा अघिकृत मन्जु खनालले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्