Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
जग्गा किर्ते गर्ने माफियालाई कारवाही गर्छौं : जनपरिषद पाल्पा - Janabato

जग्गा किर्ते गर्ने माफियालाई कारवाही गर्छौं : जनपरिषद पाल्पा

भुमिहीनलाई तत्काल जग्गा फिर्ता गर्न दवाव

जग्गा किर्ते गर्ने माफियालाई कारवाही गर्छौं : जनपरिषद पाल्पा

माघ ११, बुटवल । समानान्तर सत्ताको अभ्यास गरिरहेको नेकपाको जिल्ला जनपरिषद पाल्पाले जग्गा किर्ते गरी भूमिविहीन बनाउन संलग्नहरुलाई कारवाही गर्ने बताएको छ । 
रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका स्वर्गीय दुर्गे कुमालको नाममा दर्ता भई उनले भोग चलन गर्दै आइरहेको कि.नं. २४८, ३०२ र ४१३ को करिब ३२ रोपनी जग्गा सोही नाम गरेका अर्को किर्ते दुर्गा कुमालले सिजि सुगर मिल्स ललितपुरलाई विक्री गरेको भन्दै त्यसमा संलग्न व्यक्तिलाई जनकारवाही गर्ने जिल्ला जनपरिषद् पाल्पाले बताएको छ । आइतबार परिषदका जिल्ला संयोजक मिनबहादुर आलेद्धारा हस्ताक्षरित एक वक्तव्यमा संलग्न अपराधीहरुलाई कारवाही गर्ने बताइएको छ । 

वक्तव्यमा माफियाहरुले स्व. दुर्गे कुमालका छोराहरु धनबहादुर कुमाल लगायतका ४ जनालाई भूमिहिन बनाउने कार्यमा लागेको भन्दै त्यसको सत्यतथ्य छानविन गरी दोषी उपर कारवाही गर्न समेत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

वक्तव्यमा जोगिथुमस्थित दुर्गे कुमाल (हाल स्वर्गीय)को नाममा वि.स.२०३२ सालमा दर्ता भई नीजले भोगचलन गर्दै आएको जग्गा उस्तै नामका अर्का जीवित दुर्गे कुमालको नाममा किर्ते कागजात तयार गरी सि जी सुगर मिल्स प्रालि(ललितपुरले कब्जा (खरिद) गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्व.दुर्गे कुमालका छोरा धनबहादुर कुमाललाई भूमिहीन बनाउने गरी भएको घोर अन्यायपूणर् उक्त किर्ते कार्यमा सि जी प्रालि, केही दलका स्थानीय व्यक्तिहरु, कथित केही जनप्रतिनिधिहरु, मालपोत कार्यालय पाल्पा, दुर्गे कुमाल र नीजका ४ छोराहरु लगायतकाको मिलेमतो र आर्थिक चलखेल रहेको कुरा खुल्न आएको छ ।

आफ्नो बुवाको नाममा रहेको सो जग्गा षड्यन्त्रपूर्वक किनबेच भईसकेको कुरा थाहा पाएपछि धनबहादुर कुमालले सम्बन्धित विभिन्न निकायहरुमा न्यायको निम्ति अनुरोध र मुद्दामामिला गर्दा तयार पारिएको सर्जिमिनमा समेत स्थानीयबासी अधिकांशले उक्त जग्गा स्वर्गीय दुर्गे कुमाल कै भएको कुरा स्पष्ट गर्दागर्दै अदालतलाई समेत प्रभावमा पारेर गरिएको अन्यायपूर्ण पैmसला खेदजनक छ ।

हाल यो मुद्दा पुनरावेदन अदालतमा विचाराधीन समेत छ । अब सो जग्गा धनबहादुर कुमालको नाममा फिर्ता गर्नका निम्ति उक्त किर्ते कार्यमा संलग्न पक्षलाई आग्रह गर्दछौं । अन्यथा हामी जनकार्यवाहीका निम्ति बाध्य हुनेछौं वक्तव्यमा भनिएको छ ।