
डा. बस्यालको भर्खरै नयाँ उपन्यास 'संग्रामपुर' बजारमा आएको छ । यसअघि कविका अन्य कविता कृतिहरु 'तिम्रा कानुनका फर्मान विरुद्ध', 'जनसंग्रामका सन्देशहरु', उपन्यासहरुमा 'रानीफाल' र 'बबिता' प्रकाशित छन् । महान जनयुद्धको २६ औं बार्षिकोत्सवको अवसरमा यो कविता यहाँ प्रस्तुत गरिएको छ-सं.
मैलो झोला र चप्पलसँगै
शहर छिरेको जुँगावाल
भद्रकाली अगाडी जव देख्यो
आफ्नो भन्दा लामा पृथ्वीनारायणका जुँगा
आफ्ना जुँगामा ताउ दिँदै उसले भन्यो–
‘यो त कसाहीखाना हो’
यहाँका कसाहीहरु
खसीको टाउको देखाउँछनु
र कुकुरको मासु बेच्छनु ।
कुकुरहरुले नै मान्छेका लास लुछ्ने गरी
गाउँघर खेत खलिहान जब मानिसहरु ढले
त्यही मूर्ति पछाडी दरवारको बगलीमा
पलेटी कसेर झिँगा धपाउँदै–
‘हामी यहाँ छौं !’ भन्दै
यतिबेला खसीको टाउको देखाइरहेछ
खुमलटारको जुँगे कसाही ।
०००
Tags :
सम्बन्धित खवर
सम्राट बन्न गएपछि !
५ वर्ष अगाडि
संशोधनवाद र आत्मसमर्पणवाद विरुद्ध तीन पुस्तक
५ वर्ष अगाडि
दलाल
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्