भट्टको घटनाप्रति अखिल (क्रान्तिकारी) द्धारा संघर्षका कार्यक्रम घोषणा

घटनाका दोषिहरूलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार माग

भट्टको घटनाप्रति अखिल (क्रान्तिकारी) द्धारा संघर्षका कार्यक्रम घोषणा

फागुन ४, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माघ २१ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको सिर्कोट स्थित सनातन माविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय छात्रा भागिरथी भट्टको विद्यालयबाट फर्किने क्रममा बाटोमा बलात्कार पछि भएको मानवता विरोधी हत्याको घटनाप्रति घोर निन्दा एवं भ्रत्सर्ना गर्दै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले मंगलबार एक विज्ञप्ति जारी गर्दै केपी ओली सरकारको रामबहादुर गृह प्रशासनले निरन्तर रुपमा जनताको शान्ति सुरक्षाको ग्यारेन्टी गर्ने काममा गम्भिर रुपमा असफल भएको उक्त घटनाले पुष्टि गरेको दाबी गरेका छन ।

विज्ञप्तिमा उनले, “यो स्थितीले अहिलेको सरकार, राज्य व्यवस्था र यसका सञ्चालकहरू देश र जनताको जीवन प्रति गैरजिम्मेवार रहेको स्पष्ट रहेको र हाम्रो संगठनद्धारा भागिरथी भट्ट लगायत देशैभरि भएका बलात्कार, हत्या र महिला तथा बालबालिकाहरू माथिका हिंसाका घटनाहरूको गम्भिर छानबिन गरी घटनाका दोषिहरूलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार मागसहित संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन ।

संघर्षका कार्यक्रमहरू
१) फागुन ९ गते                           भागिरथी भट्ट लगायत सबैको न्यायका लागि देशव्यापी दिप प्रज्ज्वलन
२) फागुन १० गते                         देशव्यापी विरोध प्रदर्शन
३) फागुन मसान्तसम्म                  न्यायका लागि हस्ताक्षर संकलन अभियान संचालन गर्ने ।
४) फागुन १५ गते सम्म                 देशव्यापी स्थानीय निकायहरूमा छात्राहरूको सुरक्षा तथा आत्मरक्षाका लागि अनिवार्य तालिमको व्यवस्थाको लागि माग पत्र पेश गर्ने ।

पूर्ण विज्ञप्ति पाठ :