Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न - Janabato

शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न

संघको लुम्बिनी प्रदेशको प्रतिनिधि भेला चैत्र ६ र ७ गते लुम्बिनीमा

शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न

फागुन २३, भैरहवा । नेपाल शिक्षक संघ रुपन्देहीको २३ औं जिल्ला प्रतिनिधि सभा भैरहवामा सम्पन्न भएको छ ।

सभामा बोल्दै शिक्षक संघका केन्द्रीय महासचिव सोमनाथ गिरीले राज्यले हरेक नागरिकलाई समान रुपमा हेर्नुपर्नेमा शिक्षकहरुप्रति असमान व्यवहार गरिरहेको बताउनुभयो ।  राज्यले हात–खुट्टा बाधेर युद्धमा लड्न जाउ भन्ने जस्तो अवस्था शिक्षकहरुप्रति गरेको भन्दै तहगत तथा बिशिष्ट श्रेणीसम्म बढुवा र हरेक प्रकारका शिक्षकले सम्मानजनक पारिश्रमिक पाउनु पर्ने माग गर्नु भएको थियो ।

कार्यक्रममा संघीय प्रतिनिधि नेत्रलाल न्यौपाने तथा कमला पाण्डे, लुम्बिनी प्रदेशका महासचिव लालप्रसाद पंगेनी, पूर्व जिल्ला अध्यक्ष रबिन्द्र राना तथा बलराम शर्मा, शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष डिल्लीराज भण्डारी, सचिव लिलाधर न्यौपाने, ट्रेड युनियन कांग्रेस रुपन्देहीका सचिव हिम बहादुर के.सी., दलित संघ रुपन्देहीका अध्यक्ष बुद्धिराम हरिजन लगायतले बोल्दै शिक्षण पेसा सबैभन्दा सम्मानित पेसा हुनु पर्नेमा राज्यको विभेदकारी नीतिले शिक्षाप्रति आकर्षण कम हुन गएको हुँदा लगानी र जनशक्ति बढाउनु पर्नेमा जोड दिनु भयो ।

संघका जिल्ला अध्यक्ष कुसलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा २०५७ सालदेखि छैठौं अधिवेशन सम्मका केन्द्रीय प्रतिनिधि, जिल्ला सदस्य र क्षेत्रीय अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने पेसागत विज्ञ समिति र विषय विज्ञ समितिमा रहेका शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ठ नगर

समितिका रुपमा बुटवल, उत्कृष्ट गाउँपालिकाका रुपमा मायादेवी, उत्कृष्ट महिला विभागका रुपमा देवदह र उत्कृष्ट व्यक्तिका रुपमा हिम बहादुर के.सी.लाई पुरस्कृत गरिएको थियो ।

सभामा अध्यक्ष लामिछानेको नीति तथा कार्यक्रम, सचिव राजमहेन्द्र रायको सांगठनिक प्रतिवेदन, महिला विभाग संयोजक इन्दु पौडेलको विभागीय प्रतिवेदन र अर्थ सचिव विश्वनाथ न्यौपानेको आर्थिक प्रतिवेदन परिमार्जन सहित पारित गरिएको छ ।

नेपाल शिक्षक संघको लुम्बिनी प्रदेशको प्रतिनिधि भेला चैत्र ६ र ७ गते लुम्बिनीमा र केन्द्रीय भेला चैत्र २० देखि २२ गतेसम्म काठमाडौंमा हुँदैछ ।