Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
मोतिपुरको घटनाप्रति ध्यानाकर्षण - Janabato

मोतिपुरको घटनाप्रति ध्यानाकर्षण

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको गम्भिर ध्यानाकर्षण

मोतिपुरको घटनाप्रति ध्यानाकर्षण

फागुन २३, बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र सिलान्यासको कार्यक्रममा भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले शनिबार एक प्रेस विज्ञप्ती जारी गरेर उक्त घटनाले संघलाई दुःखी बनाएको बताएको हो । स्थानीयको विरोधका बिच शुक्रबार औद्योगिक क्षेत्र सिलान्यास गर्न पुगेका अर्थमन्त्री बिष्णु पौडेलमाथी चर्को नारावाजी सहित ढुंगा प्रहार भएको थियो । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालद्वारा जारी विज्ञप्तीमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा प्राप्ती पछि कुन ैपनि काम पूर्व सहमति र सिफारिस बमोजिम नभएकोले विवाद सिर्जना भएको समेत उल्लेख गरिएको छ ।

‘उक्त औद्योगिक क्षेत्रको काम अगाडि बढाउने सन्दर्भमा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा गठित प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र सर्वपक्षिय समिति र औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेड, मालपोत कार्यालय रुपन्देही, नापी कार्यालय रुपन्देहीका प्रतिनीधिहरुको रोहवरमा स्थानीय जनसरोकार पक्षबिच २०७२ असार २४ गते भएको भेलामा बुटवल उपमहानगरपालिका वडा नं. १७ र १८ तत्कालिन मोतिपुर गाविस वडा नं. १, ५, ६, ८ का विभिन्न बन उपभोक्ता समितिहरुले संरक्षण गरेको जग्गाहरु सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ बमोजिम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई लिजमा दिन भएको सर्जिमिन मुचुल्कामा जोतभोग र हकभोग गरेका त्यस क्षेत्रका व्यक्ति तथा समुदायलाई उपलब्ध गराउन सिफारिस गरिने निर्णय भए अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा प्राप्ती पछि कुनै किसिमको कार्य सो सिफारिस बमोजिम नभएकोले यो विवाद सिर्जना भएको हो ।’

विज्ञप्तीमा भनिएको छ :

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई उक्त सिफारिस अनुसार तत्काल पहल गरि उचित निर्णय गर्न समेत अनुरोध गरिएको छ । त्यस्तै स्थानीयलाई पनि संयम हुन र नियमान अनुसार अगाडि बढ्न आग्रह गरिएको छ ।