चैत्र ५, पाल्पा । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) पाल्पाको जिल्ला भेला बिहिवार तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रिय सदस्य कर्णविर सेनले किसान मुक्तिका निम्ति वर्ग संघर्ष जारी राख्नुपर्ने धारणा व्यक्त गरे ।
विशिष्ट अतिथी नेकपा पाल्पाका सेक्रेटरी भुवन जि.सी.ले गरिखाने वर्ग किसान, मजदुर, मध्यम वर्ग लगायत सबैको मुक्तिका निम्ति संसदीय व्यवस्था खारेज गर्नुपर्ने र त्यसका लागि नेकपाको नेतृत्वमा अगाडि बढिरहेको एकीकृत जनक्रान्तिलाई सबैले साथ दिनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा महासंघका लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विनोद, जिल्ला जनपरिषद पाल्पाका प्रमुख मीन बहादुर आले, युवा संगठन पाल्पाका अध्यक्ष लिला सारु, जिल्ला सदस्य विकास लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भेलाले इश्वरी बि.क.को अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति समेत पुनर्गठन गरेको छ । टोपराज बस्यालको अध्यक्षता र आकाश थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको बताइएको छ । ।
सम्बन्धित खवर
बुटवलमा सर्भिसलेनको चौढाई बढाउन ध्यानाकर्षण
धनगढीमा रणनैतिक संयुक्त मोर्चाको बृहत जनसभा
नेकपा अर्घाखाँची जनश्रमदान अभियानमा !
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्