अनिल नेपाली । चैत ४, अर्घाखाँची । जनगणनाको तयारीका लागि अर्घाखाँचीमा कार्यालय स्थापना भएको छ ।
राष्ट्रिय जनगणना, २०७८ को लागि जिल्ला जनगणना कार्यालयको सन्धिखर्कमा उद्घाटन गरिएको हो । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । जिल्लामा जनगणना २०७८ का लागि सुपरिवेक्षक र गणक गरी तिन सय ८४ जना जनशक्ति आवश्यक पर्ने भएको छ ।
जनगणनाका लागी ७२ जना सुपरिवेक्षक र तिन सय १२ जना गणक परिचालन हुने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए । सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्। करारमा जनशक्ति लिनका लागि गएको माघ ११ बाट चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले यही चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन् । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको हो । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो ।
सम्बन्धित खवर
गंगालाल हृदयकेन्द्रमा उपचाररत विकलाई आर्थिक सहयोग
गुल्मीको अस्लेवाबासीले पाए घर–घरमा खानेपानी धारा
दलालहरूको विरुद्धमा संघर्ष गरौं !
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्