चैत्र ४, पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले पोलिट ब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुबेदीको प्रमुख आथित्य र केन्द्रीय सल्लाहकार मानध्वजको विशेष उपस्थितमा पुर्वखोला गाउँ पालिकाको अल्किमा पार्टीको ३ सदस्य सेल कमिटि गठन गरेकोे छ । जसको सेक्रेटरी क. आमबहादुर सुनाखरी, अर्जुन परियार र सुन्दर परियार रहनु भएको छ ।
गाउँको भेलाद्वार देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपाल अल्किचौरमा नेत्र बहमदुर शाहीको अध्यक्षतामा गाउँ कमिटीको गठन गरेको छ । जसको उपाध्यक्ष सचिव र कोषाध्यक्ष क्रमशः सागर पगेनी ,सुन्दर परियार र बिष्णु सुनाखरी चयन हुनुभएको छ । सदस्यहरुमा घन बहादुर सुनाखरी , कुल बहादुर सुनाखरी , मीन ब हिस्की ,जीवनाथ भारती , शालिकराम पगेनी, टेक बहादुर बाह्रघरे ,दुर्गा बहादुर आले कुल प्रसाद गिरि र अर्जुन परियार रहनु भएको छ ।
भेला सफलताको शुभकामना दिदै प्रमुख अतिथि प्रेम सुबेदीले अहिलेको राजनैतिक परिस्थिति, पार्टीले खेल्नु पर्ने भुमिकाको बारेमा चर्चा गर्नु भएको थियो । विशेष गरेर संसदीय ब्यवस्थाको असफलतामा उसको अन्तर्निहित चरीत्र नै मुख्य रहेकोले त्यो व्यवस्थाबाट देश र जनताको वास्तविक हक–हित हुन नसक्ने भएकोले त्यो वयवस्थाको अन्त्य र संघीय जन गणतन्त्रको स्थापना अनिवार्य बन्न गएको बताउनु भयो ।
उक्त कार्यक्रमको संचालन मीन गिरीले गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्