काठमाडौंमा युवा संगठन नेपालको बैठक सम्पन्न

समाजमा भैरहेको विविध खराब प्रवृत्ति, दलाली सस्कार तथा संस्कृति विरुद्ध कठोर संर्घर्ष गर्ने निर्णय

काठमाडौंमा युवा संगठन नेपालको बैठक सम्पन्न

चैत ६, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल काठमाडौंको बैठक सम्पन्न भएको छ । 

बिहिवार सम्पन्न बैठकमा जिल्ला कमिटिले समाजमा भैरहेका युवासम्बन्धी विभिन्न विकृति तथा विसंगती विरुद्ध संघर्ष गर्ने निर्णय गरेको बताइएको छ । 

उक्त बैठकले आगामी जिल्ला सम्मेलन गर्ने र अहिले समाजमा भैरहेको विविध खराब प्रवृत्ति, दलाली सस्कार तथा संस्कृति विरुद्ध कठोर संर्घर्ष गर्ने निर्णय गरेको हो । 
उक्त बैठक युवा संगठन नेपाल, काठमाडौं ब्यूरो इन्चार्ज प्रविन धामीको प्रमुख आतिथ्यतामा र नेकपाका काठमाडौं सचिव तुलसीको विशेष आतिथ्यतामा सम्पन्न भएको बताइएको छ ।