Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
सहिद तथा बेपत्ता परिवारको घर—घरमा पुगे ‘विप्लव’ - Janabato

सहिद तथा बेपत्ता परिवारको घर—घरमा पुगे ‘विप्लव’

सामाजिक रूपान्तरण, राज्यको रूपान्तरण र राष्ट्रिय स्वाधिनताको रक्षा यि तीन विषयमा गम्भिर रुपमा छलफल गर्नुपर्ने

सहिद तथा बेपत्ता परिवारको घर—घरमा पुगे ‘विप्लव’

चैत  ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ धादिङको मलेखुमा पुगेर जनयुद्धमा सहादत प्राप्त गरेका महान सहिद तथा बेपत्ता परिवारलाई भेटघाट तथा सम्मान गरेका छन । 

सहिद तथा बेपत्ता परिवारसंगको भेटघाटमा महासचिव ‘विप्लव’ले सामाजिक रूपान्तरण, राज्यको रूपान्तरण र राष्ट्रिय स्वाधिनताको रक्षा यि तीन विषयमा गम्भिर रुपमा छलफल गर्नुपर्ने बताएका थिए । उनले दश वर्षे जनयुद्धलाई स्मरण गर्दै शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको र दलालहरूको संसदीय व्यवस्थामा लम्पसार परि सहिदहरूको सुन्दर सपनामाथि कुठाराघात गरेको समेत बताएका थिए ।

सहिद तथा बेपत्ता परिवारले ‘विप्लव’लाई अबको राजनीतिक यात्राको लागि शुभकामना दिएका थिए । 

नेकपामाथिको प्रतिबन्ध फुकुवा भए लगत्तै नेकपाका नेता तथा कार्यकर्ताहरू विभिन्न संघर्षका कार्यक्रम, पार्टीका आगामी धारणा तथा योजनाहरूबारे छलफल र कार्यान्वयनको विषयमा व्यस्त छन । साथै नेकपा निकट विभिन्न जनवर्गीय संगठन, विद्यार्थी संगठनहरूले पनि संगठन विस्तारलाई तिव्र रुपमा अगाडी बढाएका छन ।