Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
महासचिव विप्लवद्धारा कोरोना महामारीविरुद्ध जनसेवामा जुध्न निर्देशन - Janabato

महासचिव विप्लवद्धारा कोरोना महामारीविरुद्ध जनसेवामा जुध्न निर्देशन

‘महामारीसँग जुध्न सामाजिक परिचालन अभियान सुरु गर, सरकारलाई सघाउन तयार छौ ।’ 

महासचिव विप्लवद्धारा कोरोना महामारीविरुद्ध जनसेवामा जुध्न निर्देशन

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कोरोना महामारीविरुद्ध जनसेवामा जुध्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बिहिबार प्रेस विज्ञप्ति मार्फत् विप्लवले सरकारलाई महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा स्वयम्सेवकहरू परिचालन गर्न सुझाव दिँदै यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको पनि अवगत गराएका छन् । 

महासचिवले विज्ञप्तिमा भनेका छन्, ‘कोरोना महामारीले नेपाल फेरि आक्रान्त भएको छ र बन्दाबन्दीको अवस्थामा जान बाध्य भएको छ । यो अवस्थासँग जुध्न सरकारले बन्दाबन्दीलगायत अभियान सञ्चालन गरेको छ तर त्यो आफैँमा पर्याप्त देखिँदैन । 

यसप्रकारको समस्या समाधान गर्न सरकारले मुख्यतः भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरू नियन्त्रण गर्ने, आएकाहरूलाई एकान्तबासमा राख्ने व्यवस्था गर्ने र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिनु आवश्यक हुन्छ ।

यसप्रकारको महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा सरकारले स्वयम्सेवकहरू परिचालन गर्ने व्यवस्था गर्नु आवश्यक हुन्छ । यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा हाम्रो पार्टी सहयोग गर्न तयार रहेको पनि अवगत गराउन चाहन्छु ।

साथै हाम्रो पार्टीका सम्पूर्ण समितिहरू, विभित्र स्तरका नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, चिकित्सक, स्वास्थ्यकर्मी र जनसमुदायमा समेत सरकारको मात्र भर नपरी कोरोना महामारीसँग जुध्न होसियारीपूर्वक सामाजिक स्तरमा स्वयम्सेवकका रूपमा परिचालित हुन र महामारी नियन्त्रणमा सहयोग गर्नुहुन केन्द्रीय समिति अपिल गर्दछ ।’