चैत ११, तनहुँ । मगर मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढा मगरले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नहुँदासम्म सम्पूर्ण उत्पीडित जाती र समुदायको मुक्ति सम्भव नहुने बताउनु भएको छ । नेता बुढा मगरले उत्पीडित जातीय संघर्ष वर्गसंघर्षसँग लैजानुपर्ने भन्दै त्यसका लागी सम्पूर्ण उत्पीडित मगरहरु एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताउनु भएको छ ।
बैठकले २०७८ जेठ २१ र २२ गते तनहुँमा चौंथो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागी गमबहादुर श्रीस मगरको संयोजकत्वमा ४१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकले विधान प्रतिवेदन लेखन उपसमिति, व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, प्रकाशन उपसमितिलगायत अन्य उपसमितिहरु समेत गठन गरेको छ । त्यसैगरी सचिवालयको कार्यविभाजन गरेको छ भने १२ ब्युरोहरुमा संयोजकहरु तोकेको, आयोजक समिति बाहेक १०० जना प्रतिनिधि र २० जना पर्यवेक्षक सम्मेलनमा सहभागि रहने र कम्तिमा ४२ जिल्लामा भेला सम्मेलन गर्ने निर्णय गरेको संयोजक गमबहादुर श्रीस मगरले बताए ।
सम्मेलनका लागी मोर्चाले “वैज्ञानिक समाजवाद स्थापनार्थ एकीकृत जनक्रान्तिको बाटोमा अघि बढौं ! जातीय मुक्तिका लागी चौथौं राष्ट्रिय सम्मेलन भव्य रूपमा सफल गरौं !” भन्ने नारा तय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्