सन्धिखर्क : अर्घाखााचीको सन्धिखर्क नगरपालिकामा खरिदार र नासु स्तरको निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन भएको छ ।
महँगो शुल्क तिरेर बुटवल तथा काठमाण्डौमा गएर पढ्नुपर्ने लोक सेवा आयोगको तयारी कक्षा, सन्धिखर्कमै लोकसेवा पास गरेका उपसचिव तथा अधिकृत स्तरका कर्मचारीले निःशुल्क दिएपछि विद्यार्थी खुसी भएका छन् । कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको आयोजनामा खरिदार र नासु स्तरको लोकसेवा तयारी कक्षा सञ्चालन भएको हो ।
लोकसेवा आयोगको परीक्षाका लागि तथा प्रशिक्षार्थीको क्षमता विकास गर्न निःशुल्क कक्षा सञ्चालन गरिएको युनियनका जिल्ला अध्यक्ष झविन्द्र खनालले बताए । अहिले लोकसेवा आयोगमा विद्यार्थीको आकर्षण बढिरहेको छ । एक महिनासम्म सञ्चालन हुने लोकसेवा तयारी कक्षामा ७० जनाको सहभागिता रहेको छ । बाहिरी इन्स्टिच्युटमा महँगो शुल्क तिरेर लोक सेवा तयारी कक्षा पढ्दा प्रशिक्षार्थीहरूमा आर्थिक अभाव हुने भएकाले निःशुल्क कक्षा सञ्चालन गरिएको लोकसेवा आयोग तयारी कक्षाका कार्यक्रम संयोजक कृष्ण वर्माले बताए ।
सम्बन्धित खवर
कपिलवस्तुको विजयनगरमा आगलागी, १२ लाख बराबरको क्षति
नागरिक आन्दोलनमाथि प्रहरी हस्तक्षेप
११ बर्षपछि प्रतिवादी पक्राउ
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्