युवा संगठन नेपाल नवलपुरको जिल्ला सम्मेलन हुने

अविनाशको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक समिति

युवा संगठन नेपाल नवलपुरको जिल्ला सम्मेलन हुने

चैत १९, नवलपुर । नेकपाको अग्रभागीय संगठन युवा संगठन नेपाल नवलपुरको दोस्रो जिल्ला सम्मेलन हुने भएको छ । 

संगठनको विहीबार बसेको चौथौं विस्तारित बैठकले २०७८ बैशाख १६ गते दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको अध्यक्ष अविनाशले बताए । 

सम्मेलन सम्पन्न गर्नका लागी जिल्ला अध्यक्ष अविनाशको संयोजकत्वमा १५ सदस्यीय दोस्रो जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको बताइएको छ । बैठकले सम्मेलन तयारीका विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको बताइएको छ । 

सम्मेलन सम्पन्न गर्न “दलाल पूँजीवादी संसदीय व्यवस्था विरूद्ध सशक्त युवा आन्दोलन, वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको लागी दोस्रो नवलपुर जिल्ला सम्मेलन !!” भन्ने मूलनारा तय गरिएको संगठनका अध्यक्ष अविनाशले जानकारी दिए । 

संगठनको राष्ट्रिय सम्मेलन नजिकै जाँदा देशभर जिल्ला भेला तथा सम्मेलनहरु सम्पन्न भइरहेको छ ।