गुल्मी : गुल्मीमा लोक गायक, शिक्षक तथा समाजसेवी संगित मगरको अभियानमा मृर्गौला पीडितलाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं–६ का संगित मगरको अभियानमा सोही वडाका २३ बर्षिय मृगौलापीडित असिम मल्ललाई सहयोग गरिएको हो ।
मगरले विगत केही समयदेखि ‘असिम मल्ल बचाउ अभियान’ सुरु गरेका थिए । आइतवार अभियानबाट संंकलन भएको नगद ६० हजार ६ सय बीस रुपैयाँ मृगौलापीडित असिम मल्लका बुवा विक्रम मल्लकै घरमा पुगेर हस्तान्तरण गरिएको अभियन्ता मगरले बताए । आफ्नो अभियान अझैँ नसकिएको र यसलाई आफूले निरन्तरता दिने समेत मगरले बताए ।
साथै आफूले सुरु गरेको अभियानमा हातमा हात मिलाउन चाहनेले सम्पर्क गर्नु हुन पनि उनले अनुरोध गरेका छन् ।।
मृगौला पीडित मल्ललाई अचमेश्वर युवा क्लब र टोल सुधार आमासमुहले पनि संयुक्त रुपमा ७२ हजार ५ सय रुपैयाँ चेक मार्फत सहयोग हस्तान्तरण गरेका छन् ।
रकम हस्तान्तरण स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि ,क्लबका प्रतिनिधिलगायतको रोहबरमा गरिएको थियो ।
सम्बन्धित खवर
गुल्मीको ठूलो लुम्पेकमा यो बर्ष सत्यवती मेला नलाग्ने
डिबी शाहीलाई तत्काल रिहा गर्न नेकपाको माग
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्