नेकपा पूर्वी–रुकुमद्धारा संगठन विस्तार 

पुथाउत्तरगंगा गाउँपालिकाका १० वटा वडाहरुमा खुल्ला कार्यक्रम कमिटि गठन गरेको

नेकपा पूर्वी–रुकुमद्धारा संगठन विस्तार 

रुकुम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पुर्वले संगठन विस्तार अभियानलाई निरन्तर जारी राखेको छ ।

हाल सम्म पुथाउत्तरगंगा गाउँपालिकाका १० वटा वडाहरुमा खुल्ला कार्यक्रम कमिटि गठन गरेको अखिल (क्रान्तिकारी) जिल्ला संयोजक हरि पुन बताए ।

वैज्ञानिक समाजवाद जिन्दावाद, दलाल संसदिय व्यवस्था खारेज गरौ, एकीकृत जनक्रान्ति जिन्दावाद जस्ता नाराहरुले रुकुम पूर्वका गाउँ र बजारका भित्ताहरु रंगिन पार्दै संगठन विस्तार गरिरहेको बताइएको छ ।

जिल्ला पार्टी सेक्रेटरी हिरामनि रावत, अखिल (क्रान्तिकारी) जिल्ला संयोजक हरि पुन लगायतको टिम निरन्तर रुपमा संगठन विस्तारमा लागिरहेको बताइएको छ ।