अखिल (क्रान्तिकारी) गुल्मीको प्रशिक्षण कार्यक्रम सम्पन्न 

संगठनमा संगठित भई कडा संघर्ष गर्नुपर्ने परिस्थित सिर्जना भएको

अखिल (क्रान्तिकारी) गुल्मीको प्रशिक्षण कार्यक्रम सम्पन्न 

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गुल्मीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रेसुङा नगर कमिटीको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा  नेकपाका नेता बसन्त गैरे र अखिल (क्रान्तिकारी) गुल्मीका अध्यक्ष विकल्प खत्रीले प्रशिक्षण दिएका थिए । 

प्रशिक्षण कार्यक्रममा विकल्प खत्रीले शैक्षिक माफिया विरुद्ध सम्पूर्ण प्रगतिशिल विद्यार्थीहरू संगठनमा संगठित भई कडा संघर्ष गर्नुपर्ने परिस्थित सिर्जना भएको बताए । उनले विभिन्न नाममा लुट्दै आएका लुटेराहरुलाई तह लगाउनुपर्ने बताए । त्यस्तै  बसन्त गैरेले विद्यार्थी संगठनका विद्यार्थीहरू सदैव अग्रपंक्तिमा हुनुपर्ने र अनुशासित बन्नुपर्ने बताए । उनले भ्रष्टचारीलाई तह लगाउन अखिल (क्रान्तिकारी)ले नै नेतृत्व गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा नेकपाका जिल्लास्तरीय नेताहरू, (अखिल क्रान्तिकारी) रेसुङा नगर कमिटीका पदाधिकारीहरू लगायतको सहभागीता रहेको थियो । प्रशिक्षण कार्यक्रम अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता राज खड्काको अध्यक्षता तथा दिपेन्द्र खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।