Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अर्घाखाँचीमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न - Janabato

अर्घाखाँचीमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता विवरण संकलकहरुलाई १ दिने अभिमुखिकरण

अर्घाखाँचीमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनिल नेपाली / अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर संचालनका लागि विवरण संकलकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

अभिमुखिकरण कार्यक्रममा भुमिकास्थान नगरपालिका भित्र विवरण संकलन गर्ने ९ जना विवरण संकलकहरुको सहभागी रहेको थियो । कार्यक्रममा भुमिकास्थान नगरपालिकाका नगर उपप्रमुख तथा कार्यक्रम अध्यक्ष खडानन्द बेल्वासेले नयाँ वर्षको शुभकामना संगै अभियान सफल पार्न गणकको विशेष भुमिका रहने हुँदा जनताले प्रतक्ष अनुभूति गर्ने खालको चुष्त दुरुस्त सेवा प्रदान गर्दै नगरको गरिमा उचो राख्दै प्रभावकारि ढंगले विवरण संकलन गर्न निर्देशन दिनुभएको थियो । 

भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला बहादुर राउत क्षेत्रिले नयाँ वर्षको शुभकामना सहित विवरण संकलकहरुलाई अनुशासित मर्यादित र जनमुखि ढंङ्गले अभियान सफल पार्न प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघका सचिव विनोद गैरेले शुवेक्षा तथा शुभकामना मन्तव्य, एम. आई. एस. अपरेटर शिव बहादुर पुन र कविता बेल्वासेको सहजिकरण र र भुमिकास्थान नगरपालिकाका नायव सुब्बा शेषकान्त घिमिरे ओशनको संचालनमा सम्पन्न भएको थियो ।