ट्रेड युनियन महासङ्घ नवलपरासीको अध्यक्षमा चौधरी

७ सदस्यीय जिल्ला समिति गठन

ट्रेड युनियन महासङ्घ नवलपरासीको अध्यक्षमा चौधरी

बैशाख ७, परासी । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ नवलपरासीको भेला सम्पन्न भएको छ । भेलाले बुद्धिराम चौधरीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । 

भेलालाई सम्बोधन गर्दै नेकपा नवलपरासी इन्चार्ज धिरजले मजदुर वर्गमाथि शोषणको अन्त्यका लागी संघर्षको विकल्प नभएको बताएका छन् । इन्चार्ज धिरजले परिवर्तनकारी आन्दोलनमा मजदुर वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको तर निर्णायक अवस्थामा आन्दोलन सम्झौतामा टुंगिएदै आएकोले मजदुर वर्गलाई धोका हुँदै आएकोले संघर्ष जारी राख्नुपर्ने बताए । 

नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी विदुरले मजदुर वर्गमाथि संसदीय दलाल पुँजीवादी व्यवस्थाले शोषण गरिरहेको भन्दै वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र मजदुर वर्गको मुक्ति हुने बताए । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष श्याम सेन्चुरीले मजदुरहरुको मुक्तिका लागी एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताउदै मजदुर वर्गको हकअधिकार सुनिश्चित गर्न संगठनमा आबद्ध हुनुपर्ने बताए । 

भेला प्रतापको संचालन, विशालको स्वागत र बुद्धिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।