वैशाख ७, कपिलवस्तु । युवा संगठन नेपाल कपिलवस्तु जिल्ला अन्तरगत महाराजगञ्ज नगर कमिटीको दोस्रो भेला सम्पन्न भएको छ ।
भेलाले रामशरणको अध्यक्षतामा ९ सदस्यीय नगर कमिटी गठन भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज कमरेड विश्लेषणले आमूल परिवर्तनका लागी युवाहरु क्रान्तिमा गोलबन्द हुनुपर्ने भन्दै वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार जनस्तरमा समेत गर्नुपर्ने बताए ।
संगठनका कपिलवस्तु जिल्ला अध्यक्ष बादलले आजका युवाहरु एकीकृत जनक्रान्तिको पक्षमा लामबद्ध हुनुपर्ने बताए । संगठनका जिल्ला उपाध्यक्ष सागरलगायत युवाहरु नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रामशरणले गरेका थिए ।
Tags :
सम्बन्धित खवर
अस्ट्रेलियाको एकतर्फी हवाई भाडा १२ लाख !
४ वर्ष अगाडि
गुल्मीमा विवाहको गाडी दुर्घटना
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्