बुटवल । गायक केहरसिंह प्यासीको स्वरमा समावेश ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा अहिलेका चर्चित अभिनेता तथा मोडल पल शाह र अञ्जली अधिकारीको अभिनय रहेको छ ।
गीतका सम्पूर्ण दृश्य ललितपुर क्षेत्रमा छायांकन गरिएको हो । गीतमा पछिल्लो समयको चर्चित गायीका समिक्षा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । दर्जनौ गीतमा स्वर दिइसकेकी समिक्षासँग पछिल्लो समयका लोकप्रिय गायक केहर सिंहको आवाज रहेको गीतले छोटो समयमै धेरै लोकप्रियता पाएको छ ।
उक्त गीत रविन लामिछानेले लेखेका हुन् भने स्यामस्वेत रसाइलीको एरेन्ज रहेको छ । गीतको लय र म्युजिक भने ऋषि खड्काले तयार पारेका हुन् । मौसम हिमालीको निर्देशनमा तयार भएको गीत झण्डै १० मिनेटको बनेको छ । गीतलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।
Tags :
सम्बन्धित खवर
मगर संस्कृति चिनाउने चलचित्र मिर्ही
५ वर्ष अगाडि
गीतकार दिनेश खड्काले ल्याए ‘उज्यालो’
४ वर्ष अगाडि
उठ गाउँ– उठ सहर !
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्