बुटवल । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र नेपाल सरकारका मन्त्रीहरूबीच मंंगलबार सामुहिक भेटवार्ता भएको छ ।
भेटवार्तामा नेकपाका प्रवक्ता एवं वार्ता टोलीका प्रमुख प्रकाण्ड र उदयबहादुर चलाउने, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ लगायतको सहभागीता रहेको नेकपाको स्रोतले बताएको छ ।
सो भेटवार्तामा राजनीतिक परिस्थिति एवं देश र जनताका विभिन्न समस्याहरूको विषयमा गम्भीर छलफल भएको बताइएको छ । भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले जनता आधारभूत आवश्यकताको गोञ्जागोलमा रहेकाले त्यसको समाधान गर्ने गरि सरकारलाई तत्काल उचित कदम चाल्न र आगामी नीति तथा कार्यक्रममा त्यस्ता बिषयहरुलाई समेटी आगामी बजेटमा समावेश गर्न सुझाव दिएका थिए भने छलफलमा सहभागी मन्त्रीहरुले त्यसमा सहमति जनाएको बुझिएको छ ।
भेटवार्तामा देशको पछिल्लो राजनीतिक घटनाक्रम डरलाग्दो ढंगले अघि बढेको र यसलाई सहिमार्गमा ल्याउन आग्रगामी र दीर्घकालीन समाधान खोज्ने बिषयमा नेकपा र सरकारका मन्त्रीहरु सहमती भएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्