ओखलढुंगा । नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरो अन्तर्गत ओखलढुंगा जिल्लामा जनजागरण तथा भित्ते लेखन साथै राजनीतिक भेटघाट र छलफल अभियानलाई तिब्रता दिइएको बताइएको छ ।
जिल्ला सचिवालय सदस्य किरण तामाङको नेतृत्वमा निरन्तर जिल्लाव्यापी रूपमा प्रचारप्रसार साथमा असफल दलाल संसदीय व्यवस्थाको विकल्पमा जनताको सुन्दर व्यवस्था वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका लागि जन स्तरमा प्रशिक्षण मुलक अभियानलाई तिब्र बनाइएको बताइएको छ । जिल्लाको पूर्वी भूभाग मानेभञ्ज्याङ, निसंखे, उबुबाट सुरू भएको जनजागरण अभियानलाई जिल्लाको सबै गाउँपालिकाहरूमा तिब्रता दिइने ओखलढुंगा जिल्ला सचिवालय सदस्य किरण तामाङले जानकारी दिए ।
तामाङले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा गणतान्त्रिक आन्दोलन जस्ता विगतका परिवर्तनगामी आन्दोलनहरूमा ओखलढुंगे श्रमजीवी जनताको त्याग र बलिदानी हुँदै आएको तर ओखलढुंगाका राजनीतिक दलका प्रतिनिधिलाई जनताले निर्वाचनको बेला आफ्नो अमुल्य मतले निर्वाचित बनाएर पठाए पनि १२ बर्ष कुकुरको पुच्छर ढुंग्रोमा राखेपनी बाङ्गै भन्ने उखान जस्तै जनताको जिवनमा फेरबदल हुन नसकेको बताए । उनले वर्तमान संसदीय व्यवस्थाले देशमा बेरोजगारी, अभाव, भ्रष्टाचार, अनियमितता ,नातावाद, कृपावादजस्तो निराशा पैदा गरेको बताए । ओखलढुंगे महान सहिदहरूको सपना, जनताको योगदान, जनचाहाना र अपेक्षाहरू पुरा गर्न संसदीय व्यवस्थाको फोहोरी विभेदकारी भ्रष्टाचारी, दलाली, रास्ट्रघाती राजनीतिक प्रणालीलाई निमित्यान्न पार्नुपर्ने बताए । उनले सम्पूर्ण समस्याहरूबाट मुक्त हुन वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।
प्रतिक्रिया राख्नुहोस्