अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल अर्घाखाँचीको चौथो भेला सन्धिखर्कमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भेलाले पोषबहादुर रास्कोटीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति निर्माण गरेको छ ।
कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय समितिका सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले संसदीय व्यवस्थाले देशलाई निकास दिन नसक्ने बताए । उनले युवाहरुले अब देश निर्माण र समाज परिवर्तनको परिकल्पनाको बारेमा सोच्नुपर्ने बताउँदै क्रान्तिकारी विचार भएको खण्डमा परिवर्तन सम्भव भएकोले सम्पूर्ण देशभक्त, प्रगतिशिल युवाहरू एकजुट भएर दलालहरूको विरुद्धमा संघर्ष गर्नुपर्ने बताए । उनले वर्गभिाजित समाजको अत्य गरी समानतामुलक समाज निर्माणको लागि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्नेमा जोेड दिए । उनले आफूहरुले प्रचण्ड–बाबुरामले फोहोरमा फालेको झण्डा उठाएर नयाँ क्रान्तिको सुरुवात गरेकाले सम्पूर्ण युवाहरु एक भएर सहिदका सुन्दर सपनाहरू पूरा गर्न एकिकृत जनक्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी माहुरीले परिवर्तनका एजेन्डा बोक्दा आफुहरुमाथि राज्यले प्रतिबन्ध लगाएको र आफुहरुको निरन्तर संघर्षले गर्दा ती सरकारका सपना धरापमा परेको बताउँदै अब युवाहरु जनवादी वैज्ञानिक समाजवादी सत्ताको लागि सघर्ष गनुपर्ने बताए ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) पूर्व अध्यक्ष नविन खड्का, अध्यक्ष बाबुराम नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम पोष बहादुर रास्कोटीको अध्यक्षता, गिरिजा खड्काको सञ्चालन र पदम नेपालीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्