बुटवल । नेपाल सरकारले लामो समयदेखि हिरासत र कारागारमा बन्दी बनाएर राखेका नेकपाका नेता माइला लामा झन्डै दुई वर्षपछि बिहिवार धरौतीमा रिहा भएका छन् । नेता लामालाई सङ्खुवासभा अदालतले २५ हजार धरौतीमा रिहा गरेको बताइएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका ब्युरो इन्चार्ज रहेका लामालाई सरकारले २०७६ साल साउन ४ गते काठमाडौँको काँडाघारीबाट गिरफ्तार गरेको थियो । गिरफ्तारपछि लामालाई जाउलाखेल प्रहरी हिरासतमा राखिएको थियो भने बम विस्फोटको मुद्धा लगाई अदालतले नख्खु जेल चलान गरेको थियो । नख्खुबाट रिहा भएलगत्तै लामालाई अर्को मुद्धामा धरान लगिएको थियो भने धरानबाट अदालतले साधारण तारेखमा रिहा गरेपछि फेरि अर्को मुद्धा लगाई सङ्खुवासभा लगिएको थियो ।
लामालाई सरकारले विभिन्न झुटा मुद्धा लगाउँदै हिरासत र जेल घुमाउँदै सङ्खुवासभा पुर्याएका थियो ।
लामा नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तथा लोकप्रिय जनवादी गीतकार/संगीतकार पनि हुन् । उनी जनयुद्धका गम्भीर घाइते योद्धा पनि हुन् ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्