जितपुर । कपिलवस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । आज विहान ११ बजे जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो । बिहान लकडाउनबारे निर्णय लिन प्रशासनले बैठक आह्वान गरेको थियो । यसैबिच अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म पसलहरुभने खुला रहने प्रशासनले जनाएको छ ।
कपिलवस्तुका छिमेकी जिल्लामा लकडाउन जारी भैसकेको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा लकडाउन जारी भैसकेको छ । कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन् ।
Tags :
सम्बन्धित खवर
सैनामैनाको घुस–काण्डमा ५ दलको ध्यानाकर्षण
५ वर्ष अगाडि
गुल्मीमा जनसेवा तथा जनसङ्गठन अभियान उद्घाटन
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्