अनिल थारु / कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा आइतबार कोरोना विरुद्ध जनस्वास्थ्य सेवा उद्घाटन गरिएको थियो । डा. प्रकाश चन्दले शिवगढी बासी नागरिकलाई कोरोनाबाट बचाउन आफू पनि यसै आइसोलेसनमा खटिएको र वडामा संचालनमा आएको आइसोसनलाई अझ विस्तार गर्न प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसंग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त वार्ड आइसोलेसनमा अहिलेसम्म ९ जना संक्रमित र १ जना डिस्चार्ज भई घर फर्केको डा. चन्दले बताए ।
वडाबासीलाई कोरोना संक्रमणबाट बचाउन र संक्रमितलाई सहज उपचार पहुँचका लागि सर्वपक्षिय छलफलबाट वडाको सुन्दरी डाँडामा रहेको प्रकाश मावीलाई आइसोलेसन बनाई संचालनमा ल्याएको र ‘अहिले संक्रमितहरुका लागि योग, सामान्य कसरत, बेसार, पानी, नुनपानी गार्गन, फ्रेस फलफुल दैनिक दुई पटक, जाउलो २ छाक, वाफ २ पटक, साउन बाथ दैनिक ३ पटक ,औषधी, अक्सिजन’ लगायतका सेवा दिएको डा. चन्दले बताए ।
कोरोना संक्रमणबाट सिकिस्त भएर अस्पताल जादाँ अहिले अस्पतालमा बेड नपाइने समस्या रहेकोले कोरोनाको लक्षण देखिएसँगै उपचार सुरु गर्न आइसोलेसन संचालन गरिएको उनले बताए । अहिले तत्काल नेपाल कम्युनिस्ट पार्टिबाट ५ थान बेड, वडाबाट १० थान बेड र अक्सिजन उपलब्ध भएको पनि डा. चन्दले बताए ।
डा. चन्द अखिल नेपाल जनस्वास्थयकर्मी महासंघका महासचिव समेत हुन् ।
प्रतिक्रिया राख्नुहोस्