अखिल (क्रान्तिकारी)द्धारा ट्राफिक प्रहरी र प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण 

मास्क र सेनिटाइजर वितरण

अखिल (क्रान्तिकारी)द्धारा ट्राफिक प्रहरी र प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण 

झापा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) झापाले सुरूङ्गा, दुर्गापुर, चारपाने, बिर्तामोड, बुटाबारी, चारली, धाइजन, इँट्टाभट्टा, धुलाबारी र काँकडभिट्टाका प्रहरी, ट्रााफिक प्रहरी र कार्यालयमा मास्क र सेनिटाइजर वितरण गरेको  छ ।

जिल्लाका विभिन्न क्षेत्रका ट्राफिक प्रहरी र प्रहरीहरूले मास्क र सेनिटाइजर किनेर प्रयोग गरेको सुनेपछि अखिल (क्रान्तिकारी) झापाको पहलमा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

क्रान्तिकारीका अनुसार मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री राधिका ट्रेडर्सका राम सुनुवार, झरना सर्जिकलका ओम खड्का लगायतले सहयोग स्वरुप उपलब्ध गराएको बताइएको छ ।