खोइ प्रचण्ड ? 

–रमेश रावत  ‘विक्रान्त’

खोइ ? प्रचण्ड खोइ ?
प्रचण्डपथ खोइ ?
सहिदका सपनाहरू खोइ ?
नौलो जनवाद खोइ ?
जनअदालत खोइ ?
जनमुक्ति सेना खोइ ?
वाईसीयल खोइ ? जनवादी कलाकार खोइ ?

खोइ ? प्रचण्ड खोइ ?
जनयुद्धका हतियार खोइ ?
सर्वहारा वर्गका सपना खोइ ?
युवाहरुका सपनाहरू खोइ ?
विद्यार्थीहरुका सपनाहरू खोइ ?
दलितका सपनाहरू खोइ ?
महिलाहरूका सपनाहरू खोइ ?
उत्पीडित जनताका सपनाहरू खोइ?

खोइ ? प्रचण्ड खोइ ?

श्रमजीवी वर्गका सपनाहरू खोइ ?
विकट कर्णालीका सपनाहरू खोइ ?
माक्र्सवाद खोइ ?
लेनिनवाद खोइ ?
माओवादी खोइ ?
हँसिया हथौडो झण्डा खोइ ?
तिम्रो पार्टी खोइ ?
तिम्रो जनता खोइ ?
तिम्रा सांसद खोइ ?
तिम्रा कार्यकर्ता खोइ ?

खोइ ?प्रचण्ड खोइ?
संसदवादले कुल्च्यो 
संसद्वाद खोइ ?
सिंहदरबारभित्र पस्यो ।
सिंहदरबार खोइ ?
डुङ्डुङ्ती गनायो ।