अस्पतालभित्रका अनियमितताविरुद्ध सङ्घर्षमा होमिन जनस्वास्थ्यकर्मी महासङ्घको अपिल

अस्पतालभित्रका अनियमितताविरुद्ध सङ्घर्षमा होमिन जनस्वास्थ्यकर्मी महासङ्घको अपिल

बुटवल । अखिल नेपाल जनस्वास्थयकर्मी महासङ्घ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै भरतपुर सरकारी अस्पतालका स्थायी कर्मचारीले गरेका विभिन्न अपारदर्शी काम र विकृतिका विरुद्ध जारी सङ्घर्षमा लामबद्ध हुन अस्पतालमा कार्यरत सम्पूर्ण पक्षलाई अपिल गरेको छ ।

महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलद्धारा जारी विज्ञप्तिमा भ्रष्ट कर्मचारीले अस्पतालको औषधी भण्डारण विभागलाई कब्जामा लिएर कोरोना उपचारमा अत्यावश्यक मानिने सिटामोलसम्मको कृत्रिम अभाव उत्पन्न गराई बिरामीलाई चर्को शुल्कमा अन्य निजी फामर्मेसीमा औषधी किन्न बाध्य पारेपछि त्यस अस्पतालका फार्मेसी विभागका अन्य कर्मचारीले आन्दोलन आरम्भ गरेकाले उक्त आन्दोलन सफल पार्न अपिल गरिएको छ ।

अध्यक्ष कँडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राइत म्यान इन राइट प्लेसको एजेन्डासहित सङ्घर्षमा रहेका फार्मासिस्ट स्वास्थ्यकर्मी साथीहरूप्रति हाम्रो संगठनको पूर्ण समर्थन त छ नै, आवश्यक परेको खण्डमा हाम्रो संगठन पनि भरतपुर अस्पताललाई सुधार्ने अभियानअन्तर्गत अग्रमोर्चामा रही साथ दिन तयार छ । साथै हाम्रो संगठन सबै सरोकारवाला निकाय, उपभोक्ता समिति, अस्पताल प्रशासन, अन्य स्वास्थ्यकर्मी संगठन, युवा, अस्पताल मजदुर, एम्बुलेन्स चालक सबैलाई यस सङ्घर्षमा सहभागी बनी अस्पतालको सुधारमा सरिक हुन अनुरोध गर्दछौँ ।’