कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले बुधबार नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखा तौलिहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
केपी ओली सरकारले लगाएको प्रतिबन्धविरुद्धको संघर्षमा सहादत प्राप्त गरेका विद्यार्थी नेता प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको स्मृतिमा संगठनले उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष विज्ञान क्षेत्री लगायत थुप्रै विद्यार्थी नेता–कार्यकर्ताको उपस्थिति रहेको संगठनले बताएको छ । कोरोना महामारीले गर्दा रगतको अभाव भई बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको संगठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए । संगठनले कोभिड–१९ विरुद्धको विद्यार्थी अभियान अन्तर्गत विभिन्न चरण्मा विभिन्न जनचेतनामूलक कार्यक्रम जिल्लाव्यापी रुपमा निरन्तर गरिहेको समेत अध्यक्ष क्षेत्रीले बताए ।
सम्बन्धित खवर
तिलोत्तमामा पाँच बर्षीय बालिका बलात्कृत
जनपत्रकार संगठन नेपालका संयोजक विक गिरफ्तार
बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्