अखिल (क्रान्तिकारी) चितवनद्वारा रक्तदान

भरतपुर । नेकपा निकट अखिल (क्रान्तिकारी) चितवनले बुधबार भरतपुरको सप्तगण्डकी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

केपी ओली सरकारले लगाएको प्रतिबन्धविरुद्धको संघर्षमा सहादत प्राप्त गरेका विद्यार्थी नेता प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको स्मृतिमा संगठनले उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

रक्तदान कार्यक्रममा प्रमुख अथिति नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, नेकपाका जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटा, अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, संगठनका केन्द्रीय सदस्य अटल शर्मा, संगठनका चितवन जिल्ला संयोजक रेम्बोर्जे लामा, प्रभात भट्टराई लगायत थुप्रै विद्यार्थी नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सन्देशले रक्तदान गरेर गरेका थिए । रक्तदान कार्यक्रममा २९ पाउण्ड रगत संकलन गरिएको बताइएको छ ।