महासचिव विप्लवद्वारा मनकुमारी दुराप्रति श्रद्धाञ्जली !

नेकपाका केन्द्रयि सदस्य आस्थालाई मातृशोक

महासचिव विप्लवद्वारा मनकुमारी दुराप्रति श्रद्धाञ्जली !

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाकी केन्द्रीय सदस्य सावित्रा दुरा ‘आस्था’ की ममतामयी आमा मनकुमारी दुराप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।

महासचिव विप्लवले सोमबार शोक वक्तव्य जारी गर्दै आस्थालगायत शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना पनि व्यक्त गरेका छन् । मनकुमारी दुराको कोरोना सङ्क्रमणबाट सोमबार बिहान निधन भएको वक्तव्यमा उल्लेख छ ।

महासचिव विप्लवद्धारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य क. सावित्रा दुरा ‘आस्था’ की ममतामयी आमा मनकुमारी दुराको कोरोना सङ्क्रमणका कारण आज बिहान भएको दुखद् र असामयिक निधनले हामीलाई दुःखी बनाएको छ । मृतक आमा मनकुमारी दुराप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै केन्द्रीय सदस्य क. आस्थालगायत सपरिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।’