मुक्ति गैरे । पाल्पा । नेकपा निकट अखिल (क्रान्तिकारी) पाल्पाको दोस्रो बैठक सम्पन्न भएको छ ।
शनिबार तानसेनमा सम्पन्न बैठकले सङ्गठन सुदृढ तथा विस्तार अभियान संचालन, सदस्यता वितरण, क्याम्पस एवम् इकाई समितिका भेला सम्मेलन गर्ने, भ्रष्टाचार, महँगी, कालोबजारी, मूल्यवृद्धि, जातीय छुवाछूतका विरुद्धमा संघर्ष गर्ने लगायतका निर्यणहरु गरेको बताइएको छ ।
यस्तै जवसले तानसेनमा १५ गते आयोजना गरेको जनप्रर्दशनमा कार्यक्रममा सशक्त ढंगले सहभागी हुने निर्यण गरेको छ । बैठकको अध्यक्षता लंक रानाले गरेका थिए भने प्रमुख अतिथि सङ्गठनका केन्द्रीय सचिवालय सदस्य विरेन्द्र विक, विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभात, नेपाल कम्युनिस्ट पार्टीका कार्यलय सचिव विकास, अतिथि जनपत्रकार सङ्गठन नेपालका जिल्ला इन्चार्ज मुक्ति गैरे लगायतको उपस्थिति रहेको बताइएको छ ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्