अखिल (क्रान्तिकारी) कास्कीद्वारा बालगृहमा स्वास्थ्य सामग्री वितरण  

अखिल (क्रान्तिकारी) कास्कीद्वारा बालगृहमा स्वास्थ्य सामग्री वितरण  

कास्की । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीले पोखरा–९ रामबजारमा रहेको एसओएस बालगृहमा स्वास्थ्य सामग्री वितरण गरेको छ । 

बालगृहमा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रकाश बास्तोला, कास्की जिल्ला अध्यक्ष पुरन पुन, उपाध्यक्ष कमला परियारको उपस्थितिमा कोरोना भाइरसको महामारीलाई ख्यालमा राख्दै मास्क, सेनिटाइजर, साबुनलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको बताएको छ । 

कोरोना भाइरसको माहामारीले विद्यार्थीमा परेको असुविधा र समस्यालाई केन्द्रमा राखेर पार्टीको निर्देशनअनुसार आफूहरु निरन्तर राहत वितरण, स्वास्थ्य सामग्री वितरणमा लागेको साथै असार २ गते रत्तदान कार्यक्रम समेत राखिएको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रकाश बास्तोलाले बताए ।

नेपाल कम्युनिस्ट पार्टी कास्कीले पनि निरन्तर रुपमा राहत वितरण गरिरहेको छ । नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीकाअनुसार हालसम्म समस्यारत करिब १३० घर परिवारलाई  राहत वितराण गरिसकेको बताए ।

राज्यले वास्तविक पिडित जनता चिन्न नसक्नुका साथै यस्तो प्रतिकुल अवस्थामा नागरीकको जनस्वास्थ्यको सन्दर्भमा अलिकति पनि ख्याल नगर्नु गम्भीर बिषय रहेको बताउँदै उनले आफूहरुले सकेको सहयोग गर्दै आएको साथै मजदुर, किसान, सुकुम्बासी, दृष्टिविहिनलगायत परिवारलाई समेत राहत वितरण गरिरहेको सेक्रेटरी पराजुलीले बताए ।