बुटवल । नायिका श्वेता खड्काले मेलम्चीका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेकी छिन् । श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेलम्चीका बाढीपीडितका लागि सहयोगको अपिल गरेकी हुन् ।
उनले अगाडि लेखेकी छिन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफू भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवश्यकता हो ।’
श्वेताले बाढीपीडितहरुको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै आफूले राहतका लागि सबैसँग अपील गरेको बताएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘यही आवश्यकतालाई महसुस गरी तत्काल राहत र उद्दारको व्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु ।’
श्वेता एक सामाजिक अभियान्ता पनि हुन् ।
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्