नेकपाद्धारा सिन्धुपाल्चोकमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली !

सम्पूर्ण पार्टी पङ्क्ति र सरोकारवाला पक्षलाई उद्धार, राहत र सहयोगमा जुट्न अपिल

नेकपाद्धारा सिन्धुपाल्चोकमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली !

बुटवल । नेकपा जिल्ला समिति सिन्धुपाल्चोकले बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

नेकपाका सिन्धुपाल्चोक जिल्ला इन्चार्ज प्रविन र जिल्ला सेक्रेटरी युगिनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिन यता भीषण वर्षाका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली र सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रेस विज्ञप्तिमा जोखिममा रहेका आम जनताको यथाशिघ्र उद्धार, राहत र उचित व्यवस्थापनको लागि सरोकारवाला सबैसँग जोडदार माग गरिएको छ । साथै विज्ञप्तिमा विपत्तिको यस दुःखद घडीमा सम्पूर्ण पार्टी पङ्क्ति र सरोकारवाला पक्षलाई उद्धार, राहत र सहयोगमा जुट्न अनुरोध गरिएको छ । सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढी, पहिरो र डुबानका कारण बुधबार ७ जनाको ज्यान गएको छ भने ठूलो मात्रामा धनजनको क्षति भएको छ ।