-सन्दर्भ ‘घायल’
तिम्रो मुक्तिका कथा हाल्दा हाल्दै
म जनयुद्धमा कुँदे
समाजवादमा कुँदे
तिम्रा मुक्तिका लागि आधा कथामा बाँचीरहे
तिम्रो मुक्ति एकै दिनमा सम्भव छैन
त्यसैले त म भन्छु ,
जनयुद्धको योगदानको पीडा नबिर्स
बमको आवाज र त्रासदी नबिर्स
जाडोमा मरेको तिम्रो साथी नबिर्स
खाली पेटको भोकमा लडेको नबिर्स
शोक र सहिद पनि नबिर्स
बस तिमी मुक्त आकाश हेर
तारा हेर
जुन हेर
विगत हेर
यी सबै तिम्रा हुन्
सहिद परिवार
गोलीका छर्रा
माथि आकाशबाट बर्सेका बमसँगै
मुक्तिका गीत गाउँछन्
मुक्तिका कथा लेख्छन्
उनीहरु वादको खेती गर्दैनन्
मुक्ति बेच्दैनन्
सहिद बेच्दैनन् ।
त्यसैले त म भन्छु,
सहयात्री जनयुद्धको पीडा नबिर्स
बमबादीको त्रासदी नबिर्स
जाडोमा मरेको तिम्रा साथी नबिर्स
अनि मात्र तिम्रो मुक्ति सम्भव छ ।
जाजरकोट, हाल मलेसिया
Tags :
सम्बन्धित खवर
आरोह नेपालीको मर्मस्पर्शी गजल !
५ वर्ष अगाडि
आलितालको संक्षिप्त परिचय र नेता पुनको उत्सुकता
५ वर्ष अगाडि
जेलभित्र मेरा साथी
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्