पाल्पा । नेकपा निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी, पाल्पाले जिल्लाको पश्चिम देउरालीमा धान दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेकपाका पाल्पा जिल्ला सदस्य आकाशले किसानको मुक्तिको लागि किसान आन्दोलनलाई नयाँ उचाइँमा उठाउनुपर्ने बताए । ‘अहिले खाद्य र बिउबिजनको कृत्रिम अभाव खडा गरिएको छ । दलाल र माफियाहरूको सम्पत्ति राष्ट्रियकरण गरेर किसानहरूलाई बाँड्नुपर्छ ।’ उनले भने ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन यातायात सङ्घका राजिव भट्टराई, दलित मुक्ति मोर्चाका सुदिप विश्वकर्मा, युवा सङ्घ पाल्पाका जिल्ला सदस्य बल्लुलगायत नेता–कार्यकर्ता तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता किसान महासङ्घ क्रानितकारीका पाल्पा जिल्ला सचिव दामोदर अधिकारीले गरेका थिए ।
Tags :
सम्बन्धित खवर
रुपन्देहीको फर्साटिकरमा आधुनिक हाटबजार बन्ने
५ वर्ष अगाडि
विनयजंग बस्नेत पक्राउ
५ वर्ष अगाडि
नेकपा दैलेखद्वारा स्वास्थ्य सामग्री वितरण
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्