बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन

नवनिर्वाचित कार्यसमितिलाई पदहस्तान्तरण

बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन

बुटवल । लायन्स आँखा अस्पताल बुटवलमा अक्सिजन बैंक स्थापना गरिएको छ । कोरोना भाइरस महामारीको दोस्रो संक्रमण बढेसंगै संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेकाले फेरी त्यस्तो परिस्थिती व्यहोर्नु नपरोस् भनेर अस्पतालमा अक्सिजन बैंक सञ्चालन गरिएको हो । 

कोभिड–१९ को दोस्रो भेरियन्ट क्रमशः घट्दैगएपनि सम्भावित तेस्रो भेरियन्टको सम्भावित जोखम बहन गर्न सहज होस भन्ने उद्देश्यले सञ्चालन गरिएको अक्सिजन बैंकको लागि नेपालकै प्रतिष्ठित कम्पनी ‘जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज’ले समेत ३ लाख २५ हजार रुपैंया आर्थिक सहयोग गरेको अस्पताल सञ्चालन गरेको लायन्स क्लब अफ बुटवलले जनाएको छ । 

कोरोना महामारीकैबीचमा उक्त क्लबले लायन्स इन्टरनेशनल क्षेत्र ‘घ’ र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गरेको अक्सिजन बैंकमा अक्सिजन सहयोग गरेको थियो भने अस्पतालमा भर्ना भएर अक्सिजन नपाएका बिरामीको लागि समेत अक्सिजन आपूर्तिको लागि मध्यस्थता गरिएको क्लबका अध्यक्ष सञ्जय कलवार जयसवालले जानकारी दिए । 

हालैमात्रै स्थापना गरिएको उक्त अक्सिजन बैंकमा कम्तिमा एक सय सिलिण्डर अक्सिजन पु¥याउने लक्ष्य लिइएको छ । जसको लागि लायन्स, लायनेश र लियो क्लब अफ बुटवलले नेतृत्व गरेका छन् । उक्त कुरा बुधबार आयोजना गरिएको क्लवको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण समारोहमा जानकारी गराइएको हो ।  त्यस अवसरमा क्लबले दुई जना महिलालाई महिला उद्यमशिलता प्रवद्र्धनको लागि जनही २५ हजार रुपैंया प्रदान गरेको छ । गणेशमान सैंजु समृद्धिको लागि उद्यमशिलता कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं. २ की सविता जिसी र बुटवल १ की विद्यालक्ष्मी शाक्यलाई अक्षयकोषबाट उक्त रकम प्रदान गरिएको हो । क्लवले विगत ५ वर्षदेखि उनीहरुलाई वार्षिक २५ हजार रुपैंया प्रदान गर्दै आएको छ । 

त्यस्तैगरी बृजनयन महिला अक्षयकोष कार्यक्रम अन्तरगत गरिव तथा विपन्न महिलाको मोतियाविन्दु शल्यक्रियाको लागि १० हजार रुपैंया प्रदान गरिएको छ । अक्षयकोषमा रहेको रकमको आउने ब्याज गरिव तथा विपन्न महिलाको मोतिया विन्दु शल्यक्रियाको लागि लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको हो । 

नवनिर्वाचित कार्यसमितिलाई पदहस्तान्तरण

लायन्स क्लब अफ बुटवलमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । बुधबार क्लबमा एक कार्यक्रमको आयोजना गरी वर्ष २०२०÷०२१ का अध्यक्ष संजय कलवार जयसवालले वर्ष ०२१÷०२२ को लागि नवनिर्वाचित अध्यक्ष लोकप्रसाद खरेललाई पद हस्तान्तरण गरेका हुन् ।

त्यस अवसमा बोल्दै लायन्स क्लवका भाईस गभर्नर नवराज न्यौपानेले लायन्स क्लव अफ बुटवलको कृयाकलापले लायन्स ईन्टरनेशनलकै साख बढाएको बताए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खरेलले क्लबका पुराना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै दुर्गम गाउँ, बस्तीमा प्रभावकारी स्वास्थ्य शिविर सहितका कार्यक्रम सञ्चालन गरिने बताए ।

त्यस्तै अध्यक्ष जयसवालले कोभिड महामारीको कारण भौतिक उपस्थितिमा प्रयाप्त कार्यक्रम गर्न नसकिए पनि गरेका कार्यक्रम प्रभावकारी भएको बताए । कोरोना भाइरस महामारीका कारण सञ्चालन गर्न नसकिएका कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिन समेत उनले आग्रह गरेका थिए । 

त्यस अवसरमा डिष्ट्रक एड्भाईजर तथा क्लवका पुर्व अध्यक्ष अर्जुनमान सैजु, अस्पतालका अध्यक्ष तथा क्लबका पुर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, पुर्वअध्यक्ष मधुसुधनलाल श्रेष्ठ, इभ्यालुसन हेड बिनोद खरेल, एरिया चिफ सन्दप कसौधन, रिजन चियरप्रसन तथा क्लवका पुर्व अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, लायनेश क्लव अफ बुटवलकी अध्यक्ष मिश्रा श्रेष्ठ, लियो क्लब अफ बुटवलका अध्यक्ष हिमालय भुसाल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सचिव प्रतिक पोखरेल र प्रदिप शाक्यको सञ्चालनमा भएको थियो ।