बुटवल । रोटरी क्लब अफ बुटवलले एक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरलाई बुधबार स्वागत गरेको छ । क्लबका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नवआगन्तुक इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुँवरलाई स्वागत तथा सम्मान गरेको हो ।
त्यस अवसरमा क्लबका तर्फबाट अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सुरक्षित रहनका लागि इलाका प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएको थियो । त्यस अवसरमा प्रहरी नायब उपरीक्षक कुँवरले यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न रोटरी क्लव अफ बुटवलसँग सहकार्य गरी अघि बढ्ने बताए ।
कार्यक्रममा क्लवका सचिव रोम शर्मा, कोषाध्यक्ष खिमनारायण पराजुली, रोटरीयन दया भण्डारीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
Tags :
सम्बन्धित खवर
दीपमा अभिभावक कविता वाचन प्रतियोगिता हुने
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्