नेकपाका नेता धीरजकी आमाको निधनप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

नेकपाका नेता धीरजकी आमाको निधनप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाका नवलपरासी जिल्ला सेक्रेटरी धीरजकी ममतामयी आमा भीमकुमारी रानाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार शोक वक्क्तव्य जारी गर्दै महासचिव विप्लवले मृतक आमा भीमकुमारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै धीरज लगायत शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

लामो समयदेखि सुगर र प्रेसरको उपचार गराउदै आउनु भएकी ६९ बर्षीय भीमकुमारीको शनिबार राती ९ बजे आफ्नै घरमा निधन भएकोे हो । आमा भीमकुमारीको आजै रिडीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ । रानाको परिवार पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नंं २ देउरालीमा बस्दै आएको छ ।