मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जनवर्गीय सङ्गठनहरूले हेटौंडाको बुद्धचोकमा पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, सुजिता भण्डारीको मृत्युप्रकरण, शैक्षिक क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा भएका विकृति, विसंगति लगायतको विषयमा बिहिबार विरोध प्रदर्शन गरेको छ ।
केन्द्रीय कार्यक्रम अनुसार हेटौंडाको बुद्धचोकमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), युवा संगठन नेपाल, राष्ट्रिय जनसरकार मञ्च लगायत सबै जबस मार्चाको संयुक्त आयोजनामा उक्त विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।
हाल कोरोना महामारी, प्राकृतिक विपत्ति बाढी, पहिरोले देश र जनता आक्रान्त भईरहेको जटिल परिस्थितिमा सरकारले जनतामाथि थोपरेको पेट्रोलियम पदार्थमा मुल्यवृद्धि खारेज गर्न, चितवनकी युवती सुजिता भण्डारीको घटनाको न्यायोचित छानबिन गरी पीडित पक्षलाई न्याय दिलाउनका साथै शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा भएको विकृति, विसंगति र अनियमितता तत्काल बन्द गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै विरोध उक्त प्रदर्शन गरिएको जनबाटोमा प्राप्त समाचारमा बताइएको छ ।
नेकपा र नेकपाका सबै जबस मोर्चाले दिनप्रतिदिन बढ्दै गइइरहेको कोरोना महामारीको संक्रमणबाट आम नेपाली जनतालाई बचाउनका लागि समयमै सबै उमेर समूहका नागरिकहरुलाई निशुल्क खोपको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ । फागुन २१ मा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको ३ बुँदे सहमतिको दृढतापूर्वक पालना गर्नुका साथै निश्चित समयमा नै कार्यान्वयन गर्न समेत नेकपाले पटकपटक अपील गरेको छ ।
बुद्धचोकमा सम्पन्न कार्यक्रममा अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान र राष्ट्रिय जनसरकार मञ्चका अध्यक्ष उमेश गुणीले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्