चितवन । नेपाल कम्युनिस्ट पार्टी चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ को बैठक सम्पन्न भएको छ । बैठक नेकपा चितवन जिल्ला सदस्य एवं दारेचोक दाहाखानी इन्चार्ज रघुविरको अध्यक्षतामा सम्पन्न भएको हो ।
सो बैठकमा नेकपा चितवनको मज्दुर फ्याक्सन इन्चार्ज एवं जिल्ला सदस्य पुरन राई, जिल्ला सदस्य बिरु तामाङ र युवा नेता निशानको उपस्थिति रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै पुरन राईले पार्टीले हाल लिएको कार्ययोजना र कार्यनितिको विषयमा स्पष्ट पार्दै हाल सरकारले ल्याउन खोजेको रास्ट्रघाती एमसीसी विधेयकको विरुद्ध संघर्ष गर्न र राष्ट्रिय स्वाधिनता बचाउन युवाहरु बिसालु साफ र गर्जेको बाघ भएर लडाइँ लड्न तयार रहनुपर्ने बताए । उनले अहिलेको जनतामारा संसदीय व्यवस्था अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमत संग्रहको लागि तयार हुन अनुरोध गरे ।
बैठकबाट वार्ड सेक्रेटरीमा तेज बहादुर मगर, युवा संयोजकमा राजु लामा, महिला संयोजकमा इन्द्र माया गुरुङ, मजदुर संयोजक सन्त बहादुर चेपाङ, विद्यार्थीमा अनिस थापा मगरलाई जिम्मेवारी दिदै ४७ सदस्यीय कमिटी निर्माण भएको बताइएको छ ।
बैठकका अध्यक्ष रघुविरले जिम्मेवार पाएका नेता–कार्यकर्तालाई पार्टीले लिएको कार्यक्रमहरुलाई ढृदताका साथ लागू गर्न निर्देशन दिए ।
प्रतिक्रिया राख्नुहोस्