साहित्यकार लामिछाने लुम्बिनी साहित्य पुरस्कारद्धारा पुरस्कृत

सहकारीले लामिछानेलाई पुरस्कृत गरेको हो ।

साहित्यकार लामिछाने लुम्बिनी साहित्य पुरस्कारद्धारा पुरस्कृत


मंसिर १५, बुटवल । बुटवलस्थित लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हरेक बर्ष प्रदान गर्दै आइरहेको लुम्बिनी साहित्य पुरस्कार २०७७ यसबर्ष भैरहवा निवासी साहित्यकार प्राज्ञ प्रा.डा. कपिलदेव लामिछानेलाई प्रदान गरेको छ । 

बुटवलमा आयोजित एक कार्यक्रममा लामिछानेलाई रु.११००५/– नगद, सम्मानपत्र र दोर्सल्ला ओढाएर पुरस्कृत गरिएको हो लामिछानेलाई प्रमुख अतिथि भीमप्रसाद तुलाचनले पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा कवि अजम्बरध्वज खाती, विजयसागर, वनमाली निराकार लगायत विभिन्न साहित्यकार, बुद्धिजीवी एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । 

नेपाली लोक साहित्यमा विद्यावारिधि गर्नु भएको छ भने उहाँ नेपाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सभा सदस्य हुनुहुन्छ। नेपाली भाषा साहित्यमा उल्लेखनिय योगदान दिदै आउनु भएको कपिल लामिछाने ज्यूको पहिलो प्रकाशित लघुकथा ” कुप्राहरूको देशमा” अणु साहित्यिक पत्रिकामा २०४४ मा प्रकाशित भएको थियो। उहाँका प्रकाशित लघुकथाका कृतिहरू-१.अन्यथा – २०५४, २.जनमानव -२०६१, ३.बोन्साई – २०६८, ४.विस्थापन – २०७५ उहाँ बाटुली-खिलाध्वज लघुकथा सम्मान २०७४ लगायत दर्जनौं पुरस्कारहरुबाट सम्मानित भइसकेका छन्।

कार्यक्रममा प्रा.डा. हिरण्यलाल ज्ञवालीले पुरस्कृत व्यक्तित्व लामिछानेबारे बोलेका थिए । विनोदप्रताप राणा र उर्मिला श्रेष्ठको संचालन, अमृतलाल श्रेष्ठको स्वागत र महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।