Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
स्रोत नखुलेको साढे १६ लाखसहित एक पक्राउ - Janabato

स्रोत नखुलेको साढे १६ लाखसहित एक पक्राउ

प्रहरीको नियमित जाँचको क्रममा अवैध रकमसहित एकजना पक्राउ

स्रोत नखुलेको साढे १६ लाखसहित एक पक्राउ

मंसिर २१ । रुपन्देहीमा स्रोत नखुलेको १६ लाख ५० हजारसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  सिद्धार्थनगर नगरपालिका– १३ शान्तिनगरमा   प्रहरीको नियमित जाँचको क्रममा अवैध रकमसहित एकजना पक्राउ परेका हुन् । 

शान्तिनगरबाट भैरहवा बसपार्क तर्फ जाँदै गरेको लु.३९प ४४५७ नम्बरको स्कुटरलाई रोकी जाँच गर्दा सिद्धार्थनगर नगरपालिका ६ बस्ने २१ वर्षीय श्यामकुमार बानियाँसँग अवैध रकम भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार बानियाँले पछाडि बोकेको कालो झोलाको मुख्य खल्तीमा एक हजार दरको र पाँच सय दरको नोट गरी ११ लाख पचास हजार भेटिएको थियो । 

त्यस्तै सोही झोलाको बाहिरी खल्तीमा एक हजार दरको एक लाख रुपैयाँ र निजले लगाएको पाइन्टको खल्तीमा एक हजार दरको चार लाख रकम फेला परेको थियो । प्रहरीले सोधपुछ गर्दा बानियाँले उक्त रकमको आय स्राेत खुलाउन नसकेकोले नगद रकम र उनले चढी आएको लु.३९प ४४५७ नम्बरको स्कुटर र उनको मोबाइलसमेत बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

नयाँपत्रिका